आज देशका यी स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश २ बाहेक अन्य प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् निरज सापकोटाको भनाइ छ । मौसम विस्तारै खुल्दै गएकाले अबको केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको तर दिन भने अहिले नै तोक्न नसकिने उनी बताउँछन् ।



वर्षाको सम्भावना रहेका स्थानका पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क हुन हुन विभागले आग्रह गरेको छ ।

सम्बन्धित समाचार