आज कति संक्रमित थपिए ?, यस्तो छ २४ घण्टाको विवरण

१० जनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा नेपालमा एक हजर ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १० जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा १० हजार ८७४ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ५ हजार ८९३ पीसीआर परीक्षणमा ८१२ जना र चार हजार ९८१ एन्टिजेन परीक्षणमा २१८ जनामा कोरोना पुष्टि भएको हो ।



त्यस्तै, चौबीस घण्टामा १० जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार १७४ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज एक हजार जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ७ लाख ७० हजार २२४ जना पुगेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या १६ हजार ६०६ रहेको छ । जसमा १५ हजार ५३४ जना होम आइसोलेसनमा छन् भने १ हजार १५२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ३५१ संक्रमित आईसीयूमा र ११८ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ७ लाख ९८ हजार ४ र एन्टिजेन विधिबाट ९२ हजार २५२ जना पुगेको छ ।

सम्बन्धित समाचार