ग्राहकहरू लक्षित सिटी सेन्टरको चाडपर्व उपहार

कमलपोखरीस्थित सिटी सेन्टरले नेपालीहरूको महान चाडपर्व दशैं–तिहार लक्षित योजनाहरू ल्याएको छ । सपिङ्ग मलमा आउने ग्राहकहरूलाई सुविधा प्रदान गर्ने उद्देश्य राखी सिटी सेन्टरले यो योजना ल्याएको जनाएको छ ।

किनमेल गर्ने ग्राहकहरूलाई मात्र योजनामा सामेल गर्ने प्रचलन रहेकोमा सिटी सेन्टरले यसपालीको चाडपर्व योजनामा दायरा फराकिलो पारेको छ । असोज १६ गतेदेखि सुरू भएको यस योजनाबाट सिटी सेन्टरमा भिजिट गर्ने जो–कसैले यो योजनामा सामेल हुन पाउने सिटी सेन्टर व्यवस्थापनले जनाएको छ ।



सपिङ्ग मलमा आउने ग्राहकलाई दैनिक लक्की ड्र, सपिङ्ग भौचरका साथै विक्ली लक्की ड्र तथा ग्राण्ड लक्की ड्रमा समावेश गराइने उल्लेख छ । लक्की ड्रको कुपनमार्फत विजेताका लागि चितवन, पोखरा लगायतका ठाउँमा रहेको होटलमा खाने बस्ने व्यवस्था प्रदान गरिएको छ ।

यसबाहेक सिटी सेन्टरमा रहेका व्यवसायीहरूले यस पावन अवसरमा ५० प्रतिशतसम्मको छुट, बाई वान गेट वान फ्रिलगायतका अन्य आकर्षक छुट तथा योजनाहरू समेत प्रदान गर्नेछन् । यसै अवसरमा नेपाल चेम्बर अफ कमर्ससँगको सहकार्यमा सिटी सेन्टरमा स्वदेशी उत्पनदनको मेला समेत सुरू भएको छ ।

विश्वव्यापी फैलिएको महामारीलाई मध्यनजर गर्दै जनस्वास्थ्य मापदण्डलाई पूर्ण पालनामा जोड दिएर सरकारी निर्देशन अनुसार सिटी सेन्टर पुनः सञ्चालनमा ल्याएको हो ।

असोज २१ गतेबाट सिटी सेन्टरमा रहेका ३ वटै फिल्महल पुनः संचालनमा आउने पनि सिटी सेन्टरले जानकारी गराएको छ । यो योजना २४ कार्तिकदेखि छठ पर्वसम्म चल्ने पनि सिटी सेन्टरद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

सम्बन्धित समाचार