नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ असाेज ।

काठमाडौंबाट नेपालगञ्ज उड्न लागेको श्री एयरलाइन्सको जहाजमा समस्या आएपछि यात्रुलाई सकुशल ओरालिएको छ । जहाज स्टार्ट गरेर अघि बढाउने क्रममा ट्याक्सी वेबाट घाँस भएतिर गएको प्रत्यक्षदर्शीले बताएका छन् ।
जहाज ट्याक्सी वेबाट घाँसे मैदानतिर मोडिएपछि आपतकालीन संकेत दिइएको थियो । जहाज क्याप्टेन महेश्वरी डंगोलले चलाएकी थिइन् ।
करिब ८० जना यात्रु लिएर नेपालगन्ज जान लागेको जहाज उड्नुअघि नै ट्याक्सी वे छाडेर बाहिर गएपछि सबैलाई निकालिएको छ । अर्को जहाजमा यात्रुलाई पठाउने तयारी भइरहेको स्रोतले जनाएको छ ।

