नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ असोज ।
नेपाली बजारमा आज(मंगलबार) सुनको मूल्य ५०० रुपैयाँले उकालो लागेको छ । सोमबार स्थिर रहेको सुनको मूल्य आज बढेको हो । सोमबार प्रतितोला रु ८९ हजार ८०० मा कारोवार भएको छापावाल सुनको मूल्य आज प्रतितोला रु ९० हजार ३०० मा कारोवार भएको हो ।
त्यस्तै सोमबार प्रतितोला ८९ हजार ३५० मा कारोबार भएको तेजाबी सुनको आज प्रतितोला रु ८९ हजार ८५० कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज चाँदीको मूल्य स्थिर रहँदै सोमबारकै मूल्य अनुसार प्रतितोला रु रक हजार १६० कारोवार भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७ सय ६० अमेरिकी डलरमा कारोबार भइरहेको छ । अन्तरराष्ट्रिय बजारमा हुने सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासंघले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ ।