विप्लव र कांग्रेस नेता सिंहबीच भेटवार्ता, के भयो कुराकानी ?

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव र नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ ।

आज (बुधबार) सिंहको निवास चाक्सीबारीमा विप्लव र सिंहबीच भेटवार्ता भएको हो । भेटवार्तामा समसामयिक विषय र पछिल्लो राजनीतिक अवस्थाको विषयल छलफल भएको एक स्रोतले बताएको छ । करिब आधा घन्टा भएको भेटवार्ता तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकार र विप्लव नेतृत्वको नेकपाबीच २०७७ फागुन २० गते भएको तीन बुँदे सहमतिबारे पनि छलफल भएको स्रोतले बतायो ।



तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग तीन बुँदे समझदारी भएपछि भूमिगत रहेका विप्लव सार्वजनिक भएका थिए । समझदारी भएपछि दुई वर्षदेखि भूमिगत रहेका विप्लवलगायत माथिल्लो तहका नेताहरु पनि सार्वजनिक भएका थिए ।

सम्बन्धित समाचार