नवकान्तिपुर संवाददाता
काठमाडौं, २० असाेज ।

मन्त्रीको नाम टुंगो लगाउन बसेको काँग्रेस शीर्ष नेताहरुको बैठकमा असहज परिस्थीति श्रृजना भएको छ । बैठकको सुरुवातमै कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग वरिष्ठ नेता रामचन्द्र पौडेलले तीन मन्त्री मागेका थिए । देउवाले भने पौडेल पक्षलाई तीन मन्त्री दिन नसकिने जवाफ फर्काएपछि पौडेल असामान्य ढंगबाट झर्किएका थिए ।
लगत्तै माग सम्बोधनमा देउवा गम्भीर नभएको भन्दै पौडेलसहित महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंह बालुवाटारबाट बाहिरिएका छन् । देउवाले आफूनिकट तीन मन्त्री र एक राज्यमन्त्री बनाइसकेका छन् । मन्त्री बनाउँदा सल्लाह नगरेको भन्दै पौडेल पक्ष रुष्ट बन्दै आएको छ ।
मन्त्रकिो नाममा सहमति जुटाउन बसेको बैठकमा वातावरण विग्रिदाँ भोलि मन्त्रिमण्डललाई पूर्णता दिने तयारीमा रहेका देउवाको योजना असफल हुने देखिएको छ ।

