दशैंमा घर जान सैनिक तथा तिनका परिवारलाई हेलिकोप्टर र बसको व्यवस्था

नेपाली सेनाले दशैं बिदामा जाने सैनिक र तिनको परिवारलाई घरसम्म पुर्‍याउने व्यवस्था गरेको छ। असोज१८ गतेदेखि ३० गतेसम्म सेनाले बिदा जाने बहालवाला सैनिक र तिनको परिवारलाई घरसम्म पुर्‍याउने व्यवस्था गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

नजिक र ठूलो संख्यामा पुर्‍याउनु पर्ने ठाउँमा सेनाले आफ्नै बस चलाउने छ। यस्तै पहाडी र हिमाली जिल्लामा भने हेलिकप्टरबाट पुर्‍याउने व्यवस्था गरेको छ। सडक सञ्‍जालको सहज पहुँच पुगेका स्थानहरुमा सवारी साधनबाट र सडक सञ्‍जालको सहज पहुँच नपुगेका तथा दुर्गम पहाडीरहिमाली क्षेत्रहरुमा हवाई उडानबाट गन्तव्यमा पुर्याइरहेको नेपाली सेनाका प्रवक्ता सन्तोष वल्लभ पौडेलले बताए।



हालसम्म सवारीसाधनबाट ५२० जना सैनिक र उनीहरुको परिवार घर पुगिसकेका छन्। यस्तै हवाई उडानमार्फत ८६ जनालाई पुयाइएको छ।

सम्बन्धित समाचार