माधव नेपालले तोके चार मन्त्रीको जिम्मेवारी, रामकुमारीलाई स्वास्थ्य, विरोधलाई सहरी विकास

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले आफ्नो भागमा परेका चार मन्त्रालयमा पठाउने नाम टुंगो गरेको छ। स्थायी कमिटीको म्याण्डेट बमोजिम अध्यक्ष नेपालले महासचिव बेदुराम भुसालसहितका केन्द्रीय सचिवालयका नेताहरुसँगको छलफलपछि चारै मन्त्रीको नाम टुंग्याएका हुन्।

जसअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम आले बन्दैछन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा रामकुमारी झाँक्रीको नाम पक्का भएको छ। सहरी विकास मन्त्रालयमा विरोध खतिवडालाई पठाइने भएको छ। खतिवडाले नै यो पार्टीबाट सरकारमा नेतृत्व गर्ने भएका छन्।



माधव नेपालले श्रम मन्त्रालयमा किसान श्रेष्ठलाई पठाउने भएका छन्। राज्यमन्त्रीमा भवानी खापुङलाई पठाउने तयारी भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहान ११ बजे मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्। मन्त्रीहरुको शपथ आज ४ बजेलाई तोकिएको छ।

सम्बन्धित समाचार