नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ असोज।

प्रधानमन्त्री शेरबहादुर देउवाले आज (शुक्रबार) मन्त्रिपरिषदलाई पूर्णता दिन लागेका छन्। सत्तारूढ दलहरूबाट मन्त्री हुनेको नाम आएपछि आज मन्त्री नियुक्त गर्ने र अपरान्ह ४ बजे मन्त्रीहरूको सपथ गराउने कार्यक्रम छ।
जनता समाजवादी पार्टी (जसपा) ले पनि चार जनाको नाम मन्त्रीमा सिफारिस गरेको छ । त्यस्तै सरकारले उपप्रधानमन्त्री नराख्ने जनाएपछि उपेन्द्र यादव सरकारबाट बाहिरै बस्ने भएका छन् । जसपाका राजेन्द्र श्रेष्ठ, रामसहायप्रसाद यादव, रेणु यादव र प्रमोद शाहको नाम मन्त्रीमा सिफारिस गरिएको छ । त्यस्तै जसपाले मन्त्रीको नाम प्रधानमन्त्री देउवालाई बुझाउदै छ ।
जसपाले ४ मन्त्रालयको जिम्मेवारी लिँदैछ । जसमा भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपंक्षी, संघीय मामिला तथा सामान्य प्रशासन, वन तथा वातावरण मन्त्रालय रहेका छन् ।

