नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ असोज।
नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको छ । छापावाल सुन बिहीबार ५०० रुपैयाँ बढ्दै प्रतितोला ९० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ६०० रुपैयाँ तोकिएको छ । त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार १५० कायम गरिएको छ, जुन बिहीबार प्रतितोला ८९ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार चाँदीको मूल्य स्थिर रहदै बिहिबारकै मूल्य अनुसार प्रतितोला १ हजार १७० रुपैयाँमा कारोबार भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासंघले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ ।