नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ असोज।

प्रतिनिधिसभाको बैठक सुरु भएको छ । संघीय संसद् भवन नयाँ वानेश्वरमा बसेको बैठक दिउँसो १ बजेदेखि सुरु भएको हो । बैठक सुरु हुने वित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गर्दै नाराबाजी सुरु गरेको छ ।
बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सदन निरन्तर अवरोध गरिरहेको छ । त्यस्तै आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘संघीय निजामति सेवा विधेयक, २०७५’ फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
प्रधानमन्त्री एवं भौतिक पुर्वाधार तथा यातायात मन्त्री सम्हालेका देउवाले राष्ट्रिय सभामा उत्पत्ति भै प्रतिनिधि सभामा विचाराधीन ‘रेल्वे विधेयक, २०७६’ फिर्ता लिन राष्ट्रिय सभाको सहमतिका लागि प्रतिनिधि सभाको सिफारिश प्राप्त गर्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
नवौं अधिवेशनको पहिलो बैठकदेखि नै संसद वैठकमा अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले यसअघिका सबै बैठकमा नाराबाजी गर्दै आएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै नाराबाजी गर्दै आएको छ। आजको बैठकमा पनि अवरोध गर्ने तयारीमा एमाले रहेको छ ।
भिडियो –
भिडियो साभार – House of Representative Nepal प्रतिनिधि सभा नेपाल

