नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ असोज।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवा र बीच भेटवार्ता भएको छ । आज (शुक्रबार) भएको भेटवार्तामा राजनीतिक भेटघाट र समसामयिक विषयमा छलफल भएको जनाइएको छ ।
त्यस्तै भेटवार्तामा मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल भएको राष्ट्रपति निकट स्रोतले बताएको छ । स्रोतले भेटमा प्रधानमन्त्री र राष्ट्रपतिबीच सपथको विषयमा समेत छलफल भएको बतायो । आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा रहेका देउवाले मन्त्रीहरुको सूची राष्ट्रपतिलाई नबुझाएको जनाइएको छ ।
सत्तारुढ गठबन्धनमा मन्त्रालय भागबण्डा मिलेपछि आज मन्त्रिपरिषद् विस्तार हुँदैछ ।

