नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ असोज।

अन्तत: प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । आज (शुक्रबार) राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवाको सिफारिसमा १६ मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेकी हुन् । राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा ९ तथा धारा ७८ को उपधारा १ बमोजिम मन्त्रिपरिषद् हेरफेर तथा कार्यविभाजन गरी मन्त्रिपरिषद् पुनर्गठन गरेकी हुन् ।
सत्तारुढ गठबन्धनमा मन्त्रालय भागबण्डा मिलेपछि आज (शुक्रबार) मन्त्रिपरिषद् विस्तार हुँदैछ । प्रधानमन्त्री बनेको ३ महिनापछि देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् ।
कांग्रेसले गृह, परराष्ट्र, रक्षा, सञ्चार तथा सूचना प्रविधि, कानुन, न्याय तथा संसदीय मामिला, उद्योग वाणिज्य तथा आपूर्ति, युवा तथा खेलकुद, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय पाएको छ। यस्तै, नेकपा माओवादी केन्द्रले अहिले भएका अर्थ एवम् उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसहित थप भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, शिक्षा, विज्ञान तथा प्रविधि र खानेपानी मन्त्रालय पाएको छ।
नेकपा एकीकृत समाजवादीले स्वास्थ्य तथा जनसंख्या, सहरी विकास, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पाउने भएको छ। जनता समाजवादी पार्टी (जसपा)ले संघीय मामिला तथा समान्य प्रशासन, भौतिक पूर्वधार तथा यातायात, वन तथा वातावरण र कृषि तथा पशुपंक्षी मन्त्रालय पाएको छ।
मन्त्रिपरिषद्लाई पूर्णता

