नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ असोज।

अन्तत: प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले १६ मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेकी हुन् ।
आज (शुक्रबार) राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवाको सिफारिसमा १६ मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेकी हुन् । राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा ९ तथा धारा ७८ को उपधारा १ बमोजिम मन्त्रिपरिषद् हेरफेर तथा कार्यविभाजन गरी मन्त्रिपरिषद् पुनर्गठन गरेकी हुन् ।
त्यस्तै प्रधानमन्त्री देउवाले केही मन्त्री र राज्यमन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन् । देउवाले ज्ञानेन्द्रबहादुर कार्की सञ्चार तथा सूचनाप्रविधि मन्त्रीको जिम्मेवारी दिएका छन् । यसअघि कार्की कानुन, न्याय तथा संसदीय मामिला मन्त्री रहेका थिए । त्यस्तै राज्य मन्त्रीमा नियुक्त भएका उमेश श्रेष्ठलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ ।

