आज कति संक्रमित थपिए ?, यस्तो छ २४ घण्टाको विवरण

१० जनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा नेपालमा ७६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १० जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा १० हजार ६८८ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ९ हजार ४६६ पीसीआर परीक्षणमा ७१५ जना र एक हजार २२२ एन्टिजेन परीक्षणमा ४९ जनामा कोरोना पुष्टि भएको हो ।



त्यस्तै, चौबीस घण्टामा १० जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार २१० पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज एक हजर ३३ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ७ लाख ७४ हजार १७३ जना पुगेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या १५ हजार ६१४ रहेको छ । जसमा १४ हजार ७२८ जना होम आइसोलेसनमा छन् भने १ हजार १५३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ३१३ संक्रमित आईसीयूमा र ११३ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ८ लाख ९९७ र एन्टिजेन विधिबाट ९२ हजार ८३९ जना पुगेको छ ।

सम्बन्धित समाचार