नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ असाेज ।

नेकपा (एकीकृत समाजवादी) पार्टी र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत) बीच एकता भएको छ। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र एकीकृतका अध्यक्ष जीवन राईबीच ८ बुँदे सहमतिअनुसार पार्टी एकता भएको हो।
दुई पार्टीबीच असोज ६ गते पार्टी एकताको सहमति भएको थियो। एकतापछि पार्टीको नाम नेकपा (एकीकृत समाजवादी) पार्टी हुने र चुनाव चिह्न कलम हुने समझदारी बनेको छ।
राईले नेकपा एमालेको विवाद उत्कर्षमा पुगेका बेला पार्टी दर्ता गरेका थिए। उनी नेता नेपालनिकट विद्यार्थी नेता हुन्। एमालेमा विवाद बढ्दै गएपछि उनले राईले नयाँ दल दर्ता गरेका थिए ।

