आज बडादशैंको तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजा गरिँदै

बडादशैंको तेस्रो दिन आज चन्द्रघण्टा भगवतीको पूजा अर्चना हुदैँछ। आज दशैं घर र विभिन्न शक्तिपीठहरुमा भगवती दुर्गाको एक रुप चन्द्रघण्टाको पूजा आराधना गरिँदैछ। घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्नुपर्ने धार्मिक व्यवस्था रहेको छ।

नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा अर्चना र उपासना गर्ने गरिन्छ ।



दशैंको तेस्रो दिन आज देशभरीका नवदुर्गाका मन्दिर र शक्तिपीठहरुमा भक्तजनहरुको भीड लागेको छ। राजधानीभित्र शोभा भगवती, तलेजुभवानी, भद्रकाली, गुहेश्वरी, मैतिदेवी, दक्षिणकाली, कालिकास्थान, नक्साल भगवतीसहितका शक्तिपीठहरूमा दर्शनार्थीहरूको घुँइचो लागेको हो।

त्यस्तै उपत्यका बाहिरका शक्तिपीठहरुमा पनि दर्शनार्थीको भीड लागेको छ। सरकारले स्वास्थ्य मापदण्ड पालना गरेर पूजाआजा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

सम्बन्धित समाचार