सहरी विकास मन्त्रालयमा कार्यभार संहाल्दै मन्त्री रामकुमारी झाँक्रीले दिइन् यस्तो प्रतिक्रिया

नवनियुक्त सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सिंहदरबारस्थित मन्त्रालयमा पुगेर कार्यभार सम्हालेकी छन् । राष्ट्रपति कार्यालय शितलनिवासमा शपथ लिएपछि मन्त्रिपरिषद् बैठकमा सहभागी भएर झाँक्रीले कार्यभार सम्हालेकी हुन् ।

पदभारपछि आयोजित कार्यक्रममा मन्त्री झाँक्रीले सहरी विकासको क्षेत्रमा देखिएका नीतिगत समस्याहरू समस्याहरू समाधान गर्ने बताइन् । उनले सहरीकरणलाई व्यवस्थित गर्न अहिलेको अवस्थाका विकासका योजनाहरूलाइ परिवर्तन गर्नुपर्ने धारणा राखिन् ।



सहरी विकासको अवधारणालाई एकीकृत रूपमा अघि बढाउनुपर्ने उनको भनाइ छ । शुक्रबार मन्त्रीमा नियुक्त भएलगत्तै उनले सिंहदरबार पुगेर कार्यभार संहालेकी हुन् ।

सम्बन्धित समाचार