जेल पठाइयो शाहरुखका छोरा आर्यनलाई, बाहिरको खाना खाने अनुमति छैन

बलिउड अभिनेता शाहरुख खानको छोरा आर्यनलाई जेल पठाइएको छ । लागुपदार्थ सेवन र खरिदविक्रीको आरोप उनलाई लागेको छ । अदालतले जमानत खारेज गरेपछि उनीहरु जेलमा नै बसेका छन् । ​

आर्यनसहित अन्य आरोपीहरुलाई पनि जेलको पहिलो तलमा ब्यारेक नम्बर १ मा राखिएको छ । अहिलेसम्म कुनै पनि आरोपीलाई त्यहाँको पोशाक दिइएको छैन । सबैलाई ५ दिनसम्म क्वारेन्टाइनमा राखिनेछ । उनीहरुलाई कोरोना परीक्षण गरिनेछ ।



आर्यनसहितका आरोपीहरुलाई कुनै पनि विशेष व्यवस्था नगरिने भारतीय सञ्चार माध्यमले जनाएका छन् । जेलमा आर्यनलाई कुनै पनि विशेष व्यवस्था हुनेछैन । उनले घरको खाना खान चाहेमा अदालतको स्वीकृती लिनुपर्ने हुन्छ ।

आर्यनले बाहिरको खाना खाने अनुमति दिएको छैन । जेलमा उनले अरुले जस्तै नियम पालना गर्नुपर्ने हुन्छ ।

सम्बन्धित समाचार