चौतर्फी आलोचना भएपछि राजीनामा दिने तयारीमा उद्योग मन्त्री हमाल

चौतर्फी आलोचना भएपछि नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र हमालले राजीनामा दिने बताएका छन्। आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर राजीनामा दिने तयारी उनको छ।

आफूले स्वविवेक प्रयोग गरेको र विवादमा नफस्ने भन्दै उनले राजीनामा दिन लागेको बताएका छन्। बाँके कांग्रेसका पूर्वसभापति रहेका हमाललाई देउवाले मन्त्री बनाएका थिए।



उनी सांसद पनि छैनन्। उनी नाताले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाका जेठान हुन्। मन्त्री चयनमा प्रधानन्यायाधीशलाई पनि भाग दिएको भन्दै अहिले चर्को आलोचना भइरहेको छ।

सम्बन्धित समाचार