हमालले छाडेको मन्त्रालयमा कांग्रेसले सुजतालाई मन्त्री बनाउने !

उद्‍योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालले राजीनामा दिएपछि उनको स्थानमा प्रधानमन्त्री शेरबहादुर देउवाले नियुक्त गर्ने नयाँ मन्त्रीबारे चर्चा सुरु भएको छ।

कांग्रेस कोटाबाट हमालको नियुक्ति भएकाले स्वाभाविक रुपमा उनले राजीनामा गरेपछि खाली भएको ठाउँमा कांग्रेसबाटै मन्त्री बन्ने छन्। कांग्रेसका दुई पक्ष, शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट स्रोतका अनुसार सुजाता कोइरालालाई उक्त मन्त्रालयको जिम्मेवारी सुम्पने सम्भावना बढी छ। मन्त्रिपरिषद्‍ विस्तार गर्दा कोइराला वर्तमान सरकारको मन्त्री बन्नेमा चर्चा थियो। तर, उनी विस्तारित मन्त्रीमण्डलमा अटाइनन्।



संस्थापनइतरको पौडेलपक्षको बलमा कोइराला मन्त्रीमा पर्नेमा ढुक्क थिइन्। वरिष्ठ नेता पौडेलले नेता दिलेन्द्र बडु र महामन्त्री डा शशांक कोइरालाले मन्त्रीका लागि डा मीनेन्द्र रिजाल रोजे। बडु र रिजाल मन्त्रिपरिषद्‍‍मा समेटिएपछि कोइरालालाई मन्त्री पद प्राप्त हुन सकेन।

सम्बन्धित समाचार