जन्ती सवार जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु

अछाममा जन्ती गएर आउँदै गरेको बोलेरो जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। गएराति जिल्लाको पन्चदेवल विनायक नगरपालिका -१ कुईकामा से १ च १७६३ नम्बरको बोलेरो जिप सडकबाट करिब ३ सय मिटर तल खसेको प्रहरीले बताएको छ।

दुर्घटनामा परेर पञ्चदेवल विनायक नगरपालिका–३ का १८ वर्षीय जीवन जैसी, १८ वर्षकै सर्व बोहरा, २१ वर्षीय जीवन न्यौपाने र १७ वर्षीय हिमाल नेपालीको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। अन्य १४ जना घाइते भएका छन्।



उनीहरुमध्ये २ जनालाई नेपालगन्ज रेफर गरिएको छ। १ जना घाइतेलाई बयलपाटा अस्पताल रेफर गरिएको र अन्य ११ जनाको जिल्ला अस्पताल मङगलसेन अछामा उपचार भैरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार