नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ असाेज ।
ताइवानको सम्प्रभुता र स्वामित्वलाई लिएर चीन र ताइवानको विवाद उत्कर्षमा पुगेको छ । ताइवानी राष्ट्रपति साइ इङ्–वेनले चिनियाँ दबाव अगाडि आफ्नो देशले घुँडा नटेक्ने बताएपछि चीनले संवादको ढोका बन्द भएको टिप्पणी गरेको छ ।
ताइवानको राष्ट्रिय दिवसको अवसरमा त्यहाँकी राष्ट्रपतिको भाषणलाई उत्तेजक भन्दै चिनियाँ राष्ट्रपति सि जिनपिङले ताइवानले भीडन्त चाहेको बताए। ताइवानी राष्ट्रपतिले आफ्नो मुलुकमा प्रजातान्त्रिक जीवनशैली जारी राख्ने बताएपछि बेइजिङ क्रुद्ध बनेको हो ।
चिनियाँ राष्ट्रपति सी जिनपिङले ताईवानलाई चीनमा मिसाएर ‘पुनः एकीकरण गर्ने’ अभिव्यक्ति दिएको भोलिपल्टै ताइवानी राष्ट्रपतिले कडा जवाफ दिएकी थिइन् ।