गठबन्धनको विषयमा यसो भने अशोक राईले

जनता समाजवादी पार्टी (जसपा) का नेता अशोक राईले सरकर निर्माण गर्दा बनेको गठबन्धन आगामी निर्वाचनसम्म कायम रहनुपर्ने बताएका छन् ।

आज(चितवन)मा पत्रकारसँग कुरा गर्दै उनले संविधानको संरक्षण र देश विकासको कामलाई गति दिन गठबन्धन कायम रहनुपर्ने बताएका हुन् ।उनले भने, ‘संविधानका जन्मदाता र संरक्षकबीच सहकार्य भएर जानुपर्छ ।’ अहिलेको सरकार पूर्ण कार्यकाल जाने भन्दै उनले संसद्को कार्यकाल पूरा गर्ने गरी सरकार रहने बताए । गठबन्धन सरकारले जनताको माग सम्बोधन गर्दा संयमता अपनाउनुपर्ने उनको भनाइ थियो ।



अहिलेको सरकार सङ्कटकालीन अवस्थामा निर्माण भएको भन्दै यस सरकारले धेरै चुनौती पार गर्नुपर्ने अवस्था रहेको राईले बताए ।

सम्बन्धित समाचार