नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ असाेज ।

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मन्त्रिपरिषद् विस्तारका सम्बन्धमा उब्जिएको विवादमा प्रधानन्यायाधीशले पनि स्पष्टीकरण दिनुपर्ने बताएका छन् । प्रधानन्यायाधीशको कोटाबाट मन्त्री बनाइएको भनिएका गजेन्द्र हमालले पदबाट राजीनामा दिएपनि यो विषयको अन्त्य नभएको उनको भनाइ छ ।
जनतालाई सत्य कुरा जानकारी दिनका लागि पनि प्रधानन्यायाधीश र गठबन्धन दलका नेताहरुलले पनि स्पष्टिकरण दिनुपर्ने सिंहले स्पष्ट पारे ।
यो प्रकरणपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा चौतर्फी आलोचनामा परेका छन् ।

