बाबुरामले लगाए पूर्व राजालाई यस्तो आरोप

जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पूर्व राजा ज्ञानेन्द्र शाहलाई देश र जनताप्रति अलिकति पनि जिम्मेवारीवोध छ भने चुपचाप संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्वीकारेर बस्नु वेश हुने बताएका छन् ।

मंगलबार एक ट्विट गर्दै भट्टराईले पूर्व राजाले देशलाई पुनः द्वन्द्वमा धकेल्न खोजेको आरोप लगाएका हुन् । त्यस्तै भट्टराईले शाहलाई भ्रमको खेती गरेको भन्दै गणतन्त्र स्वीकार्नु पर्ने बताए । पूर्व राजा शाहले मंगलबार दशैंको शुभकामना भिडियो सन्देश दिंदै प्रजातन्त्रविना राजसंस्था र राजसंस्थाविनाको प्रजातन्त्र नेपालको सन्दर्भमा नहुने बताएका थिए ।



भट्टराईले ट्विटमा लेखेका छन्, ‘राजसंस्थाविनाको प्रजातन्त्र टिक्दैन भन्नु जनतालाई तातो बरफ वा सिंगसहितको खरायो खोज्न लगाउनु जस्तै भ्रमको खेतीगर्नु र देशलाई पुन:द्वन्दमा धकेल्नु मात्रै हो । पूर्व राजालाई देश र जनताप्रति अलिकति पनि जिम्मेवारीवोध छ भने चुपचाप संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्वीकारेर बस्नु वेश हुनेछ !’

भट्टराईको ट्विट :

भट्टराईको ट्विट :

सम्बन्धित समाचार