किन जाँदैछिन् राष्ट्रपति भण्डारी काभ्रे ?

राष्ट्रपति विद्यादेवी भण्डारी आज(बुधबार) काभ्रे जाँदैछिन् । दशैंको महाअष्टमी पर्वको अवसरमा आज राष्ट्रपति काभ्रेको पलाञ्चोक भगवतीको पूजा गर्न त्यहाँ जान लागेकी हुन् ।

शक्तिपीठमा पूजा गर्नको लागि उनी त्यस तर्फ जान लागेकी हुन् । उनी हेलिकप्टर चढेर काभ्रे जान लागेको शितल निवास स्रोतले जनाएको छ । राष्ट्रपति काभ्रे आउने भनेपछि त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ भने लामो मात्रामा सुरक्षाकर्मी खटिएका छन् ।



पूजा गरिसकेपछि उनी आजै काठमाडौँ फर्किने शितल निवास स्रोतले बताएको छ ।

सम्बन्धित समाचार