नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ असोज ।

मुगु बस दुर्घटनामा परी ज्यान गुमाएका मृत्तक सबैको सनाखत भएको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार २४ जनाको घटनास्थलमा, चार जनाको उद्धारका क्रममा ताल्चा विमानस्थल र बाँकी चार जनाको नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा २२ पुरुष र १० महिला रहेका छन् ।
मृत्तक मध्य २९ जना एउटै नगरपालिकाका रहेका छन् । नेपालगन्ज छायाँनाथ रारा नगरपालिका का २९ जनाको मृत्यु भएको हो । नेपालगन्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे१ख ३१६७ नम्बरको उक्त बस मध्याह्न १२ बजेतिर छायानाथ रारा नगरपालिका–७ स्थित पिनाटपने खोलामा दुर्घटनामा परेको थियो ।
घाइतेहरूको बाँकेको कोहलपुर र नेपालगन्ज मेडिकल कलेज उपचार भइरहेको छ । सामान्य घाइते छ वर्षीया एक बालिकाको मुगु जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
मृतकको नाम र ठेगाना
१) लग्न सेजुवाल (१९ वर्ष), छायाँनाथ रारा नगरपालिका ७
२) मृत्तक लग्न सेजुवालका दुई बर्षिय छोरा
३) मनदेवी बम (२० वर्ष), छायाँनाथ रारा नगरपालिका, १०
४) पुजा बुढा (१८ वर्ष), छायाँनाथ रारा नगरपालिका १०
५) प्यारी वि.क. (कामी) (३३ वर्ष) छायाँनाथ रारा नगरपालिका , ८
६) सन्तोष वितालु ( २२ वर्ष) छायाँनाथ रारा नगरपालिका, ८
७) छाँता साउँद (वर्ष २२, छायाँनाथ रारा नगरपालिका १२
८) बस चालक दान बहादुर रावल(३६ वर्ष) छायाँनाथ रारा नगरपालिका नं १२
९)सरिता खड्का (२० बर्ष) छायाँनाथ रारा नगरपालिका १०
१०) कर्ण सिंह बुढा (२२ वर्ष) छायाँनाथ रारा नगरपालिका वडा नं १४
११) मनरूप कुमाल (२५ वर्ष) सोरू गाउँपालिका ३
१२ चन्द्रा देवी मल्ल (२३ वर्ष) छाँयानाथ रारा नगरपालिका १
१३) राममाया भाम (१९ वर्ष) छायाँनाथ रारा नगरपालिका वडा नं ६,
१४) अम्मर साउँद (१८ वर्ष) छायाँनाथ रारा नगरपालिका वडा नं १०
१५) प्रकाश बुढा (२२ वर्ष) छायाँनाथ रारा नगरपालिका वडा नं ११
१६) अजय कार्की (२९ वर्ष) छायाँनाथ रारा नगरपालिका वाड नं ५
१७) कमला वि.सी. ( रावत ) (३२ वर्ष) छायाँनाथ रारा नगरपालिका वडा नं ५
१८) सुन बहादुर वि.क. (२२ वर्ष) छायाँनाथ रारा नगरपालिका वडा नं १०
१९) शिव बुढा (१९ वर्ष) छायाँनाथ रारा नगरपालिका वडा नं १४
२०) अमृता शाही (२१ वर्ष) छायाँनाथ रारा नगरपालिका वडा नं ७
२१) रुपसिंह कार्की (२० वर्ष) छायाँनाथ रारा नगरपालिका वडा नं १४
२२) महेन्द्र शाही (२२ वर्ष) छायाँनाथ रारा नगरपालिका वडा नं ७
२३) भगवती चन्द –बर्ष ३३) छायाँनाथ रारा नगरपालिका वडा नं ८
२४) सस्मिता बम –बर्ष १६) छायाँनाथ रारा नगरपालिका वडा नं ७
२५) प्रदिप स्वर्णकार (२२ वर्ष) बाँके राझाँ
२६) चन्द्र प्रकाश भाम (१८ वर्ष) छाँयानाथ रारा नगरपालिका १
२७) आदित्य विक्रम शाह (१२ वर्ष) छायाँनाथ रारा नगरपालिका वडा नं ७ का
२८) टोप बहादुर विष्ट, छायाँनाथ रारा नगरपालिका वडा नं ८
२९) आईत सिंह कामी (२३ वर्ष) सोरू गाउँपालिका वडा नं ८
३०) वसन्त भण्डारी (वर्ष१८) छाँयानाथ रारा नगरपालिका वडा नं १४
३१) नविन बुढा (वर्ष १८) छाँयानाथ रारा नगरपालिका ८
३२) छायाँनाथ रारा नगरपालिका मृतक अमृता शाहीको पाँच बर्षिय छोरा
