गाँजा फेला पर्यो ग्याँस बुलेटभित्र

पर्सा, वीरगञ्ज महानगरपालिका-२५ आइसिपि गेट नजिक रोकी राखेको भारतीय एनएल ०१ के ०७५४ नम्बरको ग्याँस बुलेटबाट करिब १ सय २० केजी अवैध लागूऔषध गाँजा बुधबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

ग्यास बुलेटमा लागूऔषध लुकाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले वेवारिसे अवस्थामा उक्त गाँजा फेला पारी बरामद गरेको हो । हाल फरार रहेका चालकको प्रहरीले खोजी गरिरहेको छ ।



त्यस्तै झापा, भद्रपुर नगरपालिका-८ स्थित सडकबाट करिब ९ ग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित बिर्तामोड नगरपालिका-८ बस्ने ३१ वर्षीय नबिन खानलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । भद्ररपुरबाट बिर्तामोडतर्फ जाँदै गरेको बसलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा बसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार