नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ असाेज ।
जापानका प्रधानमन्त्रीले आगामी आम चुनावका लागि यहाँको संसद्को तल्लो सदन, प्रतिनिधि सभा विघटन गर्नुभएको छ । जापानी अधिकारीहरूले यो कुराको जानकारी दिएका हुन् । यहाँका अधिकारीहरूले आज विहीवार बसेको संसद्को बैठकलगत्तै संसद् विघटन भएको बताएका हुन् ।
यहाँ आउँदो अक्टोबर ३१ तारिखमा संसदीय चुनाव हुने भएको छ । यहाँको प्रतिनिधि सभाको कार्यकाल यही अक्टोबर २१ सम्म बाँकी छ । त्यसलगत्तै अक्टोबर ३१ मा चुनावको तयारी थालिएको छ ।
सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीको चुनाव जितेपछि फुकिओ किशिदा यहाँका प्रधानमन्त्रीमा नियुक्त भएका थिए । त्यसलगत्तै उनले अर्को आम चुनावको तयारी थालेका थिए। किशिदा जापानको प्रधानमन्त्रीमा नियुक्त भएको अक्टोबर ४ तारिखकै दिन उहाँले आफूले तुरुन्तै नयाँ चुनावको तयारी थाल्ने बताएका थिए ।
उनले आफूले घोषणा गरेका आर्थिक कार्यक्रमहरूलाई कार्यान्वयन गर्नका लागि भन्दै आम चुनावमा नागरिकको सहयोगको अपेक्षा गरे । उनले देशमा आर्थिक विकासका प्रभावकारी कार्यक्रमहरू ल्याउने भन्दै त्यसका लागि सहयोग गर्न सबै मतदातासँग आग्रह पनि गरेका छन् ।