दबाबमा परेर राष्ट्र हितविपरीत काम गर्दिनँ : सभामुख सापकोटा

सभामुख अग्निप्रसाद सापकोटाले कसैको दबाबमा परेर राष्ट्र र जनताको हितविपरीत काम नगर्ने बताएका छन्। सिन्धुपाल्चोकको बलेफीमा विहीबार आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्।

सभामुख सापकोटाले दुई वर्षयता राष्ट्रले कोभिड–१९, प्राकृतिक विपत्ति र राजनीतिक उतार चढावजस्ता संकट बेहोर्नुपरेको चर्चा गर्दै ती सबैबाट क्रमशः पार पाउँदै गएको उल्लेख गरे ।



फरक प्रसंगमा नयाँ पुस्ताको उत्साह र जाँगरलाई खेर जान दिन नहुने भन्दै उनले उनीहरूलाई राष्ट्र निर्माणमा सहभागी हुन उत्साहित गराउनुपर्नेमा जोड दिए । संसद्लाई प्रभावकारी बनाउन दलहरुसँग निरन्तर छलफलमा रहने उनको भनाइ थियो ।

सम्बन्धित समाचार