बडादशैंको एघारौं दिन, बिहानैदेखि टीका लगाउनेको चहलपहल

बडादशैंको एघारौं दिन आज एकादशी पर्व । विजयादशमीको भोलिपल्ट यो दिन पनि बिहानैदेखि मान्यजन तथा ठूलाबडाबाट टीका तथा जमरा लगाएर दशैं मनाइन्छ ।

हिजो टीका लाउन छुटेका साथै टाढाटाढा भएका आफन्तहरूको हातबाट आशीर्वाद लिन आज टीका लाउँदैछन् । माइत, मावली, ससुराली जानेहरूको बिहानैदेखि चहलपहल बढेको छ ।



दशमीका दिन सुरू भएको टीका कोजाग्रत पूर्णिमासम्म लगाउने प्रचलन छ । तर, केही ठाउँमा भने विजयमा दशमीका दिनमात्र टीका लगाइन्छ ।

सम्बन्धित समाचार