पूर्व राजा ज्ञानेन्द्र बोलेपछि यसो भने दमननाथ ढुंगानाले

पूर्वसभामुख दमननाथ ढुंगानाले नेपालमा राष्ट्रवादको मानसिकता बलियो रहेको बताएका छन् । आज(आइतबार) एक ट्विट गर्दै ढुंगानाले सत्तामा प्रतिस्पर्धा भए पनि अहिलेको परिवर्तन रक्षा गर्ने दायित्व साझा होइन र? भन्दै प्रश्न गरेका छन् ।

त्यस्तै ढुंगानाले वर्तमान परिवर्तन रक्षाका लागि परिवर्तनकर्ता दल तथा नायकहरूले दायित्व बिर्सिएको बताए । कहाँ छन् परिवर्तनकर्ता दल तथा नायकहरू ?,’ उनको प्रश्न छ । पूर्वराजा ज्ञानेन्द्र शाहले दशैंको शुभकामना सन्देशमा प्रजातन्त्रबिनाको राजसंस्था र राजसंस्था बिनाको प्रजातन्त्र नेपालमा सान्दर्भिक नहुने बताएका थिए ।



ढुंगानाले ट्विटमा लेखेका छन्, ‘हाम्रो नेपालमा राष्ट्रवादको मानसिकता बलियो छ। सत्तामा प्रतिस्पर्धा भए पनि अहिलेको परिवर्तन रक्षा गर्ने दायित्व साझा होइन र? कहाँ छन् परिवर्तनकर्ता दल तथा नायकहरू? राजा बोले स्वर चर्कने पुरानो राष्ट्रवाद जाग्दैछ।’

ढुंगानाको ट्विट :

ढुंगानाको ट्विट :

सम्बन्धित समाचार