माओवादी केन्द्रको स्थायी कमिटी बैठकले के गर्यो निर्णय ?

नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटीको बैठकमा पार्टीको राष्ट्रिय सम्मेलनको बारेमा छलफल भएको छ । सोमबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकमा पार्टीको राष्ट्रिय सम्मेलन केन्द्रबिन्दुमा राखेर प्रदेश सम्मेलन, स्थानीय सम्मेलन, पार्टी सदस्यता नविकरण, विभागहरु गठनको विषयका बारेमा छलफल भएको हो ।

बैठकपछि माओवादी प्रवक्ता कृष्णबहादुर महराले स्थायी कमिटीको बैठकमा पार्टीका बारेमा विभिन्न कुराहरु उठेको तर निस्कर्षमा नपुगिएको बताए । उनले स्थायी कमिटीमा उठेका कुराहरुलाई छलफलपछि मात्रै निस्कर्षमा लैजाने बताए ।



स्थायी कमिटीको बैठक मंगलबार बिहान ८ बजे पुनः बस्नेछ । मंगलबारको बैठकपछि छलफल भएका एजेण्डामा निर्णय लिने पार्टीको तयारी छ ।

सम्बन्धित समाचार