मन्त्रिपरिषद् बैठकले गर्यो यस्तो निर्णय

सरकारले मोहम्मद जयन्तीका अवसरमा भोलि मुस्लिम समूदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको छ । सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मुस्लिम समुदायलाई भोलि सार्वजनिक विदा दिने निर्णय गरेको हो ।बैठकले आवुधाबी डायलगको छैटौँ मन्त्रिपरिषद् परामर्श बैठकमा सहभागी हुन श्रममन्त्रीलाई स्वीकृत दिने निर्णय पनि बैठकले गरेको छ ।

यस्तै विभिन्न मन्त्रालयहरूमा अस्थायी दरबन्दी सिर्जना गर्न स्वीकृति दिने निर्णय भएको प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।त्यस्तै बैठकले आर्थिक कार्यविधि एवम् वित्तीय उत्तरदायित्व पहिलो संशोधन नियमावली २०७८ लाई स्वीकृत गर्ने निर्णय गरेको उनले बताए । मन्त्रिपरिषद्ले लोकसेवा आयोग र बढुवा समितिको सिफारिसअनुसार राजपत्राङ्कित प्रथम श्रेणीका विभिन्न पदहरूमा नियुक्ति गर्ने निर्णय पनि गरेको छ ।

यसैगरी सरकारले साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टीमका खेलाडीहरूलाई जनही पाँच लाख दिने निर्णय गरेको छ । त्यस्तै प्रशिक्षकहरूलाई पनि जनही ३ लाख दिने निर्णय भएको उनले बताए ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ग्लास्गोमा हुने जयवायु परिर्वतनसम्बन्धी वल्र्ड लिडर समिटमा भाग लिन प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

सम्बन्धित समाचार