आफैले विघटन गरेको संसद अवरुद्ध गर्ने अधिकार एमालेलाई छैन् : कानूनमन्त्री बडु

कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुले बहुमत प्राप्त संसदलाई आफैले विघटन गरेको संसद अवरुद्ध गर्ने अधिकार एमालेलाई नभएको बताएका छन् ।

मन्त्री बडुले आफैले दुई पटक विघटन गरेको संसदलाई अवरुद्ध गरिरहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नैतिक अधिकार नभएको बताए ।



नेपाली कांग्रेस डडेल्धुराका नेता कार्यकर्तासँगको भेटमा डडेल्धुरामा भएको भनिएको पार्टी अधिवेशन अलोकतान्त्रिक, अप्रजातान्त्रिक भएको केन्द्रीय सभापतिले स्वीकार गरेको तर निरीह भएर कथित अधिवेशन कसरी सम्पन्न भन्न सकिन्छ यसको जवाफ केन्द्रीय सभापतिले दिनु पर्ने उनले बताए ।

सम्बन्धित समाचार