बाढीपीडितको उद्धार र राहतमा परिचालित हुन कार्यकर्तालाई माधव नेपालको निर्देशन

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले अविरल वर्षाका कारण सुदूरपश्चिम प्रदेशसहित देशका विभिन्न स्थानमा आएको बाढीप्रति सरकारको ध्यानाकर्षण गराएका छन्।

उनले तटीय क्षेत्रका सयौं घर डुबानमा परेको र किसानले लगाएको तरकारी र धानबाली नष्ट भएकोप्रति सरकारको ध्यानाकर्षण गराएका हुन्।



जोखिमयुक्त क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सार्न र उद्धार तथा राहतका लागि सरकार एवं सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै सम्पूर्ण पार्टीपंक्तिलाई उद्धार र राहतको काममा परिचालित हुन उनले अनुरोध गरेका छन्।

सम्बन्धित समाचार