नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ कात्तिक ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूले चाहेको अहिलेको सरकार सात दिनभित्र ढल्ने दाबी गरेका छन् । सरकारमा लोभीपापीमात्रै रहेको भन्दै ओलीले उनीहरूलाई बिलो लगाउनेबित्तिकै सरकार ढल्ने बताए ।
‘अहिले पनि यो सरकार ढाल्दिउँ भन्ने हो भने एक हप्तामा यो सरकार ढल्छ,’ एमालेको वागमती प्रदेश कमिटी बैठकमा उनले भने,‘यस्तै साँठगाँठ, गठबन्धन गर्ने हो भने त हामी सात दिनभित्र ढालिदिन्छौं । लोभीपापीहरू छन्, दिए भइगो नि । ढलिहाल्छ नि । दिए सिद्धिने कुरा छ त्यहाँ ।’
आफ्नो अभिष्ट भने सरकार बनाउने नभइ देश बनाउने भएको ओलीको भनाइ छ । निर्वाचनपछि स्वत एमाले सरकारमा पुग्ने ओलीले दाबी गरे ।

