ओलीले बोलाए एमालेको स्थायी कमिटी बैठक

नेकपा एमालेलेका अध्यक्ष केपी ओलीले पार्टीको स्थायी कमिटीबैठक बोलाएका छन् । दशैं सकिएपछि पार्टीको विभिन्न विषयमा छलफल गर्नका लागि स्थायी कमिटीको बैठक बोलाइएको हो।

आज दिउँसो ३ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने गरी बैठक बोलाइएको नेकपा एमालेका केन्द्रीय सदस्य एवं पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। उनका अनुसार बैठकमा पार्टीका स्थानीय अधिवेशन, पालिका अधिवेशन लगायतका विषयमा छलफल हुने कार्यक्रम रहेको छ।



मुख्यगरी बैठकमा विधान महाधिवेशनको समीक्षा, कात्तिक ६ गते हुने वडा अधिवेशन, कात्तिक ९ गते हुने पालिका अधिवेशन, राष्ट्रिय महाधिवेशनको विषयमा छलफल हुने अजेन्डा तय भएको तामाङले बताए। त्यसैगरी, देशका विभिन्न स्थानमा हालैको अविरल वर्षका कारण भएको जनधनको क्षतिका विषयमा पनि बैठकमा छलफल हुने तामाङले बताए।

सम्बन्धित समाचार