सत्ता गठबन्धनको बैठकबाट उठेका प्रचण्ड प्रधानन्यायाधीशको निवासमा किन गए ?

सत्तारुढ गठबन्धन र प्रधानन्यायाधीशबीच भागवण्ड भैरहेको आरोप लागिरहेको बेलामा पुष्पकमल दाहाल प्रचण्डले बुधवार साँझ प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबरासँग एक्लै भेटेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकबाट प्रचण्ड प्रधान न्यायाधीशको निवासमा छिरेको सुरक्षा स्रोतले जनाएको छ ।

बालुवाटारमा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु शेरवहादुर देउवा, प्रचण्ड, माधवकुमार नेपाल,डा‍। बाबुराम भट्टराईलगायतको छलफल चलेको थियो । शीर्ष नेताको छलफलपछि प्रचण्ड एक्लै प्रधानन्यायाधीशको निवासमा गएको बताइएको छ ।



प्रधान न्यायाधीश राणाविरुद्ध कांग्रेस र माओवादी निकट वरिष्ठ अधिवक्ता र नेपाल बारका पदाधिकारीहरुले समेत महाअभियोगसम्म लगाउनुपर्ने अभिव्यक्ति दिइरहेका बेला सत्ता गठबन्धनका शीर्ष नेतासँगको भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

सम्बन्धित समाचार