किन बोलाए करिश्मालाई ओलीले बालकोट ?

अभिनेत्री करिश्मा मानन्धर र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बीच भेटवार्ता भएको छ । ओलीले करिश्मालाई बुधबार बालकोट बोलाएका थिए ।

ओलीले बोलाएपछि करिश्मा बालकोट पुगेका थिइन् । केहि समयअघि ओलीले करिश्मालाई फोन गरेको भनेपछि, यो विषयले चर्चा बटुलेको थियो । करिश्माले सामाजिक सञ्जाल फेसबुकमा यस बिषयमा एक पोष्ट समेत गरेकी थिइन् । उनले ओलीको प्रशंसा गर्दै ओलीले परीक्षाको शुभकामना दिएको भन्दै यसै सबैले ‘बा’ भनेर भनेका रहेन्छन भन्दै चर्चामा आएकी थिइन् ।



तर, हिजो ओलीले करिश्मालाई फोन गरेर बोलाएका थिए । उनले पुन: बुधबार पूर्व प्रधानमन्त्री ओली, नेकपा एमालेबाट राष्ट्रिय सभाका सांसद कोमल ओली, जीतु नेपाल सहितको तस्बिर सार्वजनिक गरिन् । भेटपछि उनी एमालेमा प्रवेश गर्ने चर्चा पनि चलेको छ । तर, करिश्माले ओलीले आफूलाई सामान्य भेटघाटका लागि बोलाएको बताइन् । त्यस्तै करिश्माले राजनीतिबाट आफू अलग रहेको भन्दै भेटमा राजनीतिक भन्दा पनि सामाजिक र फिल्म क्षेत्रको बिषयमा कुराकानी भएको बताइन् ।

यसअघि अभिनेत्री करिश्मा डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा पार्टीमा आवद्ध थिइन् । फेसबुकमा करिश्माले लेखेकी छिन्, `उहाँको नजिक बसेर विविध विषयमा उहाँको बिचारहरु सुन्दा आनन्द आयो, सबै क्षेत्रका मानिसहरुलाई उत्तिकै महत्वका साथ लिनुभएकोमा र चासो मानेर कुरा सुनिदिनु भएकोमा आदरणीय केपी ओली ज्युलाई धेरै धन्यवाद ।’

 

सम्बन्धित समाचार