ओलीको अभिव्यक्तिप्रति भीम रावलले दिए यस्तो जवाफ

१० बुँदे सहमति ‘एकतारे’ होइन, ११ तारे विगुल हो

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति ‘एकतारे’ होइन पार्टी एकता बचाएर देशहितको लागि बजाइएको ११ तारे विगुल रहेको बताएका छन् । बुधबार एक ट्विट गर्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष केपी शर्मा ओलीले बागमती प्रदेशले बुधबार आयोजना गरेको कार्यक्रममा १० बुँदे सहमतिको एकतारे ट्याङट्याङ नबजाउन भनेपछि रावलले त्यसको प्रतिवाद गरेका हुन् । उनले ओलीको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् ।



रावलले ट्विटरमा लेखेका छन्, ‘१० बुँदे सहमति ‘एकतारे’ होइन पार्टी एकता बचाएर देशहितको लागि बजाइएको ११ तारे विगुल हो । यसको धुन संस्थागत भइसकेको छ । सबैले ठण्डा दिमागले सुन्नु स्वास्थका लागि लाभदायक छ ।’

रावलको ट्विट :

रावलको ट्विट :

सम्बन्धित समाचार