नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ कार्तिक ।

नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीबीच बागमती प्रदेश सरकारको नेतृत्व गर्ने विषयमा सहमति जुटेको छ । दुई पार्टीबीच आधा–आधा समय सरकारको नेतृत्व गर्ने सहमति जुटेको हो ।
हिजो बुधबार बसेको गठबन्धनका शीर्ष नेताबीच यस्तो सहमति भएको हो । अब बागमती प्रदेशमा पहिलो आधा कार्यकाल एकीकृत समाजवादीका राजेन्द्र पाण्डे र आधा काँग्रेसको इन्द्र बानियाँ सरकारको नेतृत्व गर्दै मुख्यमन्त्री बन्नेछन् ।
मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत नपाउने निश्चित भएपछि गठबन्धनबीच यस्तो सहमति भएको हो । सहमति अनुसार पहिला एकीकृत समाजवादीका राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने र त्यसपछि काँग्रेसका इन्द्र बानियाँ मुख्यमन्त्री बन्ने एज नेताले जानकरी दिए ।

