नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ कात्तिक ।

काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले कात्तिक १० गते विश्वासको मत लिने भएकी छन् । प्रदेशसभाको बिहीबारको बैठकमा विश्वासको मत सम्बन्धमा छलफल भएपनि कात्तिक १० गते बुधबार अपराह्न बस्ने बैठकमा मतदान हुने बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए ।
आज दिउँसो ३ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक ढिलो सुरु भएका कारण आजै मतदान गर्ने कार्यलाई सम्भव नभएकाले कात्तिक १० गते पुर्याइएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए ।
मुख्यमन्त्री शाक्यले आजको बैठकमा विश्वासको मत लिने कार्यका लागि संसद्मा रहेका सबै दलसँग आग्रह गरेकी छन् ।

