किन भएन सुनुवाइ आलमको मुद्दामा ?

कांग्रेस नेता मोहम्मद आफताब आलमको मुद्दाको सुनुवाई आज(शुक्रबार) पनि भएन । सर्वोच्च अदालतले आलमको सुनुवाईका लागि आज पेशी तोकेको थियो ।

न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा उक्त रिट निवेदनको सुनुवाईको लागि पेशी तोकिएको थियो । महान्यायाधिवक्ताको कार्यालयले मागभए बमोजिम आज उक्त मुद्दामा सुनुवाई हुन नसकेको हो । उनको मुद्दामा पटक पटक सुनुवाइको लागि पेशी तोकेपनि अहिलेसम्म सुनुवाई हुन सकेको छैन ।



२७ चैत २०६४ मा रौतहटमा आलमको घर नजिक बम बनाउने क्रममा बम विस्फोट हुँदा घाइते आठजनालाई उनले ईंट्टाभट्टामा जिउँदै जलाएर हत्या गरेको अभियोगमा थुनामा रहेका छन् । उनी २०७६ असोज २६ मा पक्राउ परेका हुन् । जिल्ला अदालत रौतहट र उच्च अदालत वीरगन्जले थुनामा राख्ने भन्ने आदेश विरुद्ध आलमले सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।

सम्बन्धित समाचार