एमाले नेता योगेश भट्टराई अस्पताल भर्ना, के भएको हो उनलाई ?

नेकपा एमाले सचिव योगेश भट्टराई अस्पताल भर्ना भएका छन्। उच्च ज्वरोका कारण थलिएका उनी उपचारका लागि आज वीर अस्पताल भर्ना भएका हुन्।

‘केही दिनदेखि उच्च ज्वरोको कारण घरमै आराम गरिरहनुभएको थियो। ज्वरो कम नभएपछि आज दिउँसोबाट उहाँ वीर आस्पतालमा भर्ना हुनुएको छ,’ भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईंले भने।



उनका अनुसार भट्टराईलाई १०२ डिग्री ज्वरो मापन गरिएको छ। यद्यपि, उनमा कोरोना भने नेगेटिभ देखिएको छ। डाक्टरको सल्लाहबमोजिम सात दिनसम्म भेटघाट पूर्णरुपमा बन्द गरिएको गुरागाईंले बताए।

सम्बन्धित समाचार