नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ कात्तिक ।

एमालेले यही कार्तिक १२ गते पार्टी केन्द्रिय कमिटीको बैठक बोलाएको छ । शुक्रबार ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको पार्टी स्थायी कमिटी बैठकले पार्टीको १० औं राष्ट्रिय महाधिवेशनको प्रतिनिधि चयन सम्बन्धि मापदण्ड तय गर्न पार्टी केन्द्रिय कमिटीको बैठक बोलाउने निर्णय गरेको हो ।
बैठकले रामबहादुर थापा नेतृत्वको २१ सदस्यीय महाधिवेशन मूल व्यवस्थापन कमिटीलाई पनि १ सदस्य पछि थप गर्ने गरी पूर्णता दिएको पार्टीका प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए । त्यसैगरी रौतहटका कुन्दन कुशवाह र बाराका मोहम्मद समिरलाई पार्टी केन्द्रिय सदस्य मनोनित गर्ने निर्णय पनि गरेको छ ।
यसैबीच, नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १० बूँदे सहमती कार्यान्वयन गर्नका लागि गठित कार्यदलबाट राजीनामा दिएका छन । रावलले अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमति कार्यान्वयन गर्न अस्वीकार गरेकोले राजीनामा दिएको रावलले बताए ।

