मुक्तिनाथ बैंक ग्लोबल एसएमई अवार्डबाट सम्मानित

मुक्तिनाथ विकास बैंक ‘ग्लोबल एसएमई अवार्ड २०२१’ बाट सम्मानित भएको छ । विश्व बैंक समूहको अन्तर्राष्ट्रिय बित्त निगम तथा एसएमई फाइनान्स फोरमद्वारा आयोजना गरिएको र जी ट्वान्टिज ग्लोबल पाटनरसिप फर फाइनान्सियल इन्क्लुजनबाट समर्थित उक्त अवार्ड साना तथा लघुबित्त क्षेत्रमा प्राथमिकताका साथ लगानी गर्दै आइरहेकोले मुक्तिनाथ विकास बैंकलाई प्रदान गरिएको जनाइएको छ ।

उक्त कार्यक्रममा साना तथा लघुबित्त क्षेत्रमा काम गरिरहेका विश्वभरिका विभिन्न संघसंस्थाहरुले प्रतिस्पर्धा गरेका थिए ।



बैंकले एक विज्ञप्तिमार्फत साना तथा लघुवित्त क्षेत्रमा मुक्तिनाथ विकास बैंकले पु-याएको योगदानको कदर गर्दै उक्त बैंकलाई ‘एसएमई फाइनान्स अफ दि इयर– एशिया’ विधामा सम्मानित गरिएको तथा यस सम्मानले बैंकलाई भविष्यमा यस क्षेत्रमा थप योगदान गर्नको लागि उत्साहित बनाएको जनाएको छ ।

बैंकले यस अघि युरोपियन माइक्रो फाइनान्स अवार्ड २०२० समेत हासिल गरेको थियो ।

सम्बन्धित समाचार