५ हजार भन्दा बढी वडामा एमालेको अधिवेशन सम्पन्‍न

नेकपा एमालेको शनिबार सुरु भएको वडा अधिवेशन धेरै ठाउँमा सम्पन्न भएको छ । अध्यक्ष केपी शर्मा ओलीले शनिबार केन्द्रीय कार्यालयबाट उद्घाटन गरेपछि एमालेको वडा अधिवेशन देशव्यापी रूपमा सुरु भएको हो । अधिवेशन सम्पन्न भएसँगै परिणाम आउन थालेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

५ हजार भन्दा बढी वडामा सर्वसम्मतरूपमा नेतृत्व चयन भएको विवरणहरू आएको र बाँकी वडामा पनि शान्तिपूर्ण रूपमा अधिवेशन सम्पन्न भएको उनले बताए । पालिका कमिटीका अधिवेशनहरू ९ कात्तिकमा हुने एमालेले जनाएको छ ।

६ हजार ७ सय ४३ वडामध्ये बाढी पहिरोले प्रभावित र आन्तरिक विवाद मिलाउन बाँकी केही वडामा मात्रै अधिवेशन हुन बाँकी रहेको सचिव तामाङले बताए । अधिवेशन हुन बाँकी वडामा अधिवेशन चाँडै गर्न अध्यक्ष ओलीले निर्देशन दिएका छन् । सम्बन्धित पालिका कमिटीले वडा अधिवेशन सम्पन्न गर्ने छन् ।

सम्बन्धित समाचार